सप्तरीको राजगढको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी


राजविराज — सप्तरीको राजगढ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ओमप्रकास मण्डल र उपाध्यक्षमा जनता समाजवादी पार्टीका रेणुदेवी मण्डल निर्वाचित भएका छन् । बुधबार सार्वजनिक अन्तिम परिणामअनुसार अध्यक्षमा निर्वाचित मण्डलले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादबले ३ हजार ८ सय ७ मत प्राप्त गरे ।


यस अघि यो पालिकामा अध्यक्ष र उपाध्यक्ष काग्रेसबाट निर्वाचित थिए । निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेस उम्मेदवार परमानन्द यादब तेश्रो भए । उनले २ हजार ८ सय ९३ मत पाए ।
उपाध्यक्षमा जसपाकी मण्डलले ३ हजार ८ सय ३० मत प्राप्त गरि निर्वाचित भइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी रेखाकुमारी यादबले ३ हजार ७ सय ७ मत प्राप्त गरिन् ।