पर्सागढीमा एमालेका पाठक र चौधरी विजयी- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सागढीमा एमालेका पाठक र चौधरी विजयी

भूषण यादव

वीरगन्ज — पर्साको पर्सागढी नगरपालिकामा एमालेका गोकर्ण पाठक र पूजा चौधरी  उम्मेदवार विजयी भएका छन् । मेयरमा निर्वाचित पाठकले ७ हजार ७२४ मत ल्याएका छन् ।

निवर्तमान मेयर समेत रहेका कांग्रेसका उम्मेदवार लोकनारायण यादवलाई पाठकले २ हजार ८९१ मतले पराजित गरेका हुन् । यादवले तीन हजार ७३३ मत प्राप्त गरेका छन् । उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ७ हजार ६१६ मत ल्याइन् ।

उनले निवर्तमान उपमेयर तथा कांग्रेसकी उम्मेदवार अर्चना चौधरीलाई ४ हजार १८६ मतले पराजित गरिन् । कांग्रेसकी अर्चनाले ३ हजार ४३० मत प्राप्त गरेकी छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा मीना लामाको अग्रता कायमै

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले २४ घण्टादेखि आफ्नो अग्रतालाई कायम राखेकी छिन् ।

बुधबार साँझ ६ बजेसम्मको मतपरिणामअनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग ६३६ मतको अग्रता कायम राखेकी हुन् । ४२ हजार १९० मतगणना हुँदा लामाले १३ हजार ६९८ मत प्राप्त गरेकी छिन् ।

सिंहले १३ हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ६०१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा कांग्रेसका राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेकी छिन् ।

हेटौंडामा हालसम्म ७ वडाको मतगणना सकिएको छ । जसमध्ये ५ वटामा कांग्रेस र २ वटा एमालेले जित हात पारेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×