१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सर्लाहीमा दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा बुधबार दिउँसो माछा बोक्ने पिकअप भ्यान र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार १० यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र३–०१–०२५च ५७४३ नम्बरको पिकअपले विपरित दिशाबाट गइरहेको ना ५ख ५५१५ नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो । आफ्नै साइडबाट गइरहेको बस पिकअपबाट ठोक्किँदा पल्टिएको प्रहरीले जनाएको छ ।

बस पल्टिँदा बसका चेपिएर बसका सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ का ३७ वर्षीय भीम राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर बसका चालकसहित १० जना घाइते भएकोमा एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?