सर्लाहीका १२ पालिकामा मतगणना सुरु

सर्लाही — मुलुकमै सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा १२ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपूर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर,  धनकौल र विस्णु गाउँपालिकामा मतगणना सूरु भएको हो ।

सर्लाहीका १२ पालिकामा मतगणना सुरु

बाँकी ७ वटा पालिकामा भने मतगणनाका लागि सर्बदलीय छलफल भइरहेको छ । बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुनसकेको छैन ।

बरहथवाको वडा नम्बर १७ मा शुक्रबार भएको मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो । त्यहाँ दलहरुबीच विवाद देखिएको छ । उनीहरुले आम मतदाताले मत हाल्न नपाएको दाबी गरिरहेका छन् ।

त्यहाँको बारेमा निर्वाचन आयोगले केहीबेर पछि निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय मलंगवाका निर्वाचन अधिकारी दिवाकर भूजेलले बताए ।

प्रकाशित : वैशाख ३१, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?