२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महोत्तरीको बर्दिवास नगरपालिकामा मतगणना सुरु 

काठमाडौँ — महोत्तरीको बर्दिवास नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार बर्दिवासको १४ वटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । 

महोत्तरीको बर्दिवास नगरपालिकामा मतगणना सुरु 

उमावी हात्तीलेट 'क' र 'ख' मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको सापकोटाले जानकारी दिए । बर्दिवासका ४४ हजार ४ सय ६० मतदातामध्ये ३१ हजार ६ सय १७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल मतबाट बर्दिवासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ०१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?