बाराको पचरौता नगरपालिकाका दुई वडाका चार केन्द्रको मतदान रद्द- मधेस - कान्तिपुर समाचार

बाराको पचरौता नगरपालिकाका दुई वडाका चार केन्द्रको मतदान रद्द

लक्ष्मी साह

बारा — बाराको पचरौता नगरपालिका–२ को बैरीया र बेलडारीका दुई दुईवटा मतदान रद्द भएको छ । बाराका डिएसपी राजेश थापाका अनुसार मतदान रद्द गरिएको हो ।

मतदानलाई लिएर जसपा र एमालेबीच मतदान हुँदाहुँदै बिहान झडप भएका कारण उक्त क्षेत्रमा दिनभर मतदान भएन ।

एमालेबाट मेयरका उम्मेदवार जलनधर सिंहले मतदानका क्रममा धाँधली भएको भन्दै मत बदरको माग गर्दै विज्ञप्ति समेत सार्वजनिक गरेका थिए ।


यस्तै बेलडारी–४ मा पनि रोकिएको मतदान अझैसम्म सुरु भएको छैन ।

प्रकाशित : वैशाख ३०, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्

डडेलधुरामा ६३ प्रतिशतभन्दा बढी मतदान

डीआर पन्त

डडेलधुरा — डडेलधुरामा साँझ ४ बजेसम्म ६३ प्रतिशतभन्दा वढी मतदान भएको छ ।


मुख्य निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले सदरमुकामको अमरगढी नगरपालिकामा ६३.९ प्रतिशत मतदान भएको बताए । ‘अरु स्थानीय तहको अहिले सम्म तथ्यांक आइपुगेको छैन ।सबै मतदान केन्द्रबाट सूचना आउने क्रम जारी रहेको छ,’मुख्य निर्वाचन अधिकृत पंगेनीले भने ।

जिल्लाका सवै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको र कुनै पनि अप्रिय घटना नभएको उनले जनाए ।

अमरगढी नगरपालिकामा मात्र नभइ जिल्लाका विभिन्न मतदान केन्द्रका अधिकारीहरुले दिएको जानकारी अनुसार साँझ ४ बजेसम्म ६० प्रतिशतभन्दा वढी मतदान भएको छ । डडेलधुरा जिल्लामा जम्मा १२६ मतदान केन्द रहेकोमा कुनैपनि मतदान केन्द्रमा सामान्य विवादबाहेकका घटना भएका छैनन्।

प्रकाशित : वैशाख ३०, २०७९ १६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×