२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वीरगन्जमा लागूऔषधसहित युवक पक्राउ 

शंकर आचार्य

पर्सा — प्रहरीले दोलखाका एक युवकलाई ठूलो परिमाणको लागूऔषधसहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–७ बस्ने वर्ष २४ वर्षीय वाङचुङ शेर्पा छन् । उनलाई प्रहरीले सोमबार दिउँसो सवा २ बजे वीरगन्ज–१६ बसपार्कबाट पक्राउ गरेको थियो । 

वीरगन्जमा लागूऔषधसहित युवक पक्राउ 

प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकास्पदरूपमा पैदल हिँडिरहेका शेर्पाले बोकेको झोला जाँच गर्दा कालो प्लास्टिकमा लुकाइछिपाई ल्याएको लागूऔषध बरामद भएको थियो । बरामद भएका लागूऔषधमा डाइजेपाम १ एसय २८ एम्पुल, नुफिन २८ एम्पुल, फेनारगन १ सय २६ एम्पुल र बुप्रनोफिन १ सय एम्पुल गरी जम्मा ३ सय ८२ एम्पुल फेला परेको छ । युवकलाई लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

लागूऔषध कारोबारीहरुले सीमावर्ती भारतीय सहर रक्सौलबाट यसरी प्रतिबन्धित औषधिहरु ल्याउने गर्छन् । भारतमा प्रतिबन्धित नहरे पनि यस्ता औषधि नेपालमा भने प्रतिबन्धित छन् । दुर्व्यसनीले लागूऔषधको रुपमा यस्ता औषधि प्रयोग गर्छन् । सीमावर्ती जिल्लाहरुका मात्र नभई वाग्मती तथा गण्डकी प्रदेशसम्मका कारोबारीहरु यस्ता लागूऔषध खरिद गर्न वीरगन्ज हुँदै सीमावर्ती सहर रक्सौलसम्म पुग्छन् ।

दैनिकजसो यस्ता लागूऔषध ढुवानीकर्ताहरु पक्राउ पर्नेक्रम निरन्तर चली रहे पनि उनीहरु हतोत्साही हुँदैनन् । वीरगन्ज कारागारका कूल बन्दीमध्ये लागूऔषध मुद्दाका थुनुवा तथा कैदीहरु मात्रै आधाको संख्यामा रहेका छन् । तीमध्येमा धेरैजसो ३५ वर्षका युवा छन् । कारोबारीहरु मात्र नभई रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्कनेहरुको संख्या पनि ठूलै हुन्छ ।

लागूऔषधसहित पक्राउ परेका शेर्पा र उनीबाट बरामद भएको औषधि । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा


प्रकाशित : चैत्र २९, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?