तस्करीको आरोपमा हात्तीसहित ३ जना पक्राउ - मधेस - कान्तिपुर समाचार

तस्करीको आरोपमा हात्तीसहित ३ जना पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — तस्करीको आरोपमा २ हात्तीसहित शनिबार ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

नेपालबाट भारततर्फ हात्ती तस्करी गर्दै लगेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पकाहा मैनपुर गाउँपालिका ५ का ३५ वर्षीय अफरोज आलम, चितवन भरतपुर महानगरपालिका १८ का ६० वर्षीय बुदिराम महतो र ३५ वर्षीय राजु कुमाललाई पक्राउ ग रेको हो । आलम तस्कर, महतो र कुमाल माउतेको रुपमा काम गरिरहेका थिए ।

हात्ती पर्सा रास्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।

प्रकाशित : चैत्र १२, २०७८ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच करिब १ घण्टा कुराकानी भएको थियो ।

भेटका क्रममा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो । पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीन बीच विभिन्न नाै वटा समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

प्रकाशित : चैत्र १२, २०७८ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×