रौतहट कांग्रेसमा यादव विजयी

शिव पुरी

रौतहट — कांग्रेस रौतहटको १४ औं अधिवेशनको क्रममा भएको मतदानमा सुनिलकुमार यादव विजयी भएका छन् । उनले १ हजार ३ सय ६२ मत प्राप्त गरेका थिए । निकटतम हृद्यनारायण यादवले १ हजार ६४ मत पाएका छन् ।

रौतहट कांग्रेसमा यादव विजयी

विजयी सुनिल देउवा पक्षका र हृद्यनारायण कोइराला पक्षका हुन् । जिल्ला कार्यसमितिको एक सचिव बाहेक सबै पदमा देउवा पक्षकै बर्चश्व कायम गरेको छ । सदस्यहरुको मतगणना भने जारी छ ।

निर्वाचन अधिकृत दिपकराज रेग्मीका अनुसार दुई उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिहले १ हजार २ सय ८७ मत र रामलोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत ल्याई विजयी भएका छन् । कोइराला पक्षका मोहम्मद महताब आलमले १ हजार १ सय ९१ र विनोद गुप्ताले ८ सय २५ मत पाए । दुई सचिवमा संस्थापन पक्षका राजेशकुमार चौधरीले १ हजार ३ सय ९ मत पाएर विजयी भए । सचिवमा भने कोइराला पक्षका रामचन्द्र गिरिले १ हजार १ सय ४२ मत पाएर विजयी भए । संस्थापन पक्षका सुभाष कोइरालालाई १० मतले पछि पार्दै गिरि विजयी भएका हुन् । दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलमले १ हजार ३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १ हजार २ सय ४१ मत पाई विजयी भएका छन् । कोइराला पक्षका धर्मेन्द्र साहले १ हजार ५१ र बच्चा बाबुले ९ सय ७१ मत पाई पराजीत भए ।

वडाहरुका प्रतिनिधिलाई प्रमाणपत्र उपलब्ध नगराइएको र फर्जि मतदातालाई लाइनमा बसाएको भन्दै विवाद बढेपछि शनिबार बिहान हुने भनिएको निर्वाचन स्थगित भइ सोमबार भएको थियो । सदरमुकाम गौरस्थित जुद्ध माविमा मतदान भएको थियो । कांग्रेसको विधानमा दुई जना उप सभापति, सचिव र उपसचिव रहने प्रावधान छ । सभापति र पदाधिकारी सहित ९६ पदमा हुने निर्वाचनमा सचिव बाहेकका पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसको जिल्लामा २ हजार ५ सय ९० मतदाता रहेकोमा २ हजार ५ सय १८ मत खसेको निर्वाचन समितिले जनायो ।

प्रकाशित : फाल्गुन २४, २०७८ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?