कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१९ अर्ब ६५ करोड राजस्व संकलन

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित २ ठूला भन्सार कार्यालयले माघमा लक्ष्यअनुसार राजस्व संकलन गरेका छन् । मंसिर र पुसमा राजस्व संकलन लक्ष्य भेट्टाउन नसकेका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार माघमा मासिक लक्ष्यको नजिक पुगेका हुन् । दुवै भन्सारको गरी माघमा १९ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

१९ अर्ब ६५ करोड राजस्व संकलन

वीरगन्ज भन्सार कार्यालयले माघमा १६ अर्ब ४९ करोड ४८ लाख असुलीको लक्ष्य पाएकोमा १५ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन्, जुन मासिक लक्ष्यको ९६ प्रतिशत हो । यो भन्सारले माघसम्ममा १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख संकलनको लक्ष्य पाएकोमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ उठाएको छ, जुन लक्ष्य भन्दा ४ दशमलव ३ प्रतिशत बढी हो । सिर्सिया सुक्खा बन्दरगाह भन्सारले माघमा ४ अर्ब १६ करोड ९६ लाख संकलनको लक्ष्य पाएकोमा ३ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ उठाएको छ । यो लक्ष्यको ९२ दशमलव ०९ प्रतिशत हो । यो भन्सारले चालु आर्थिक वर्षको माघसम्ममा २९ अर्ब ३६ करोड ६२ लाख उठाउने लक्ष्य पाएकोमा २९ अर्ब २६ करोड ५२ लाख संकलन गरेको छ, जुन लक्ष्यको ९९ दशमलव ९६ प्रतिशत हो ।

सुक्खा बन्दरगाहका सूचना अधिकृत सन्तोष न्यौपानेले मंसिर र पुसको तुलनामा माघमा राजस्व बढ्दा चालु आवको लक्ष्य भेट्टाउन पनि सहज भएको बताए । जनवरी र फेब्रुअरीमा चीनमा नयाँ वर्षको एक महिने वीदा पर्ने गरेकाले त्यसको असर नेपालको आयातमा देखिने गरेको उनको भनाइ छ । हाल कोलकाता र विशाखापटनम बन्दरगाहमा मौज्दात रहेका मालबस्तु आयात भएको उनले बताए । चीनबाहेक अन्य तेश्रो मुलुकबाट आयातित मालबस्तु पनि भित्रिएकाले माघमा तुलनात्मक रूपमा बढी राजस्व संकलन भएको न्यौपानेले जानकारी दिए ।

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल दशैं तिहार जस्ता पर्वपछि बर्षेनी मंसिर र पुसमा आयात घट्ने र त्यसको असर राजस्व असुलीमा पर्ने गरेको बताउँछन् । माघ लागेपछि राजस्व असुली बिस्तारै उकालो लाग्दै आफ्नो पुरानो लयमा फर्किने गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?