२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महोत्तरीको मटिहानी नगरपालिका कार्यालय अगाडि कुकरमा शंकास्पद वस्तु फेला

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिका–२ स्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । धिरापुरमा रहेको मटिहानी नगरपालिकाको कार्यालय अगाडि शनिबार बिहान १० बजेतिर स्थानीयले प्रेसर कुकरमा राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महोत्तरीको मटिहानी नगरपालिका कार्यालय अगाडि कुकरमा शंकास्पद वस्तु फेला

प्रेसर कुकरभित्र राखिएको वस्तुको बाहिरपट्टि तारहरु देखिएकाले स्थानीयले बमको आशंका गरी प्रहरीलाई खबर गरेका थिए । उक्त कुकर कसले र किन राख्यो भन्ने खुलेको छैन ।


रणभीम गण पर्काैलीबाट नेपाली सेनाको बम डिस्पोज टोली अहिले घटनास्थलमा पुगी उक्त कुकर डिस्पोज गर्ने तयारी गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १४, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?