१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गाली गरेको निहुँमा हत्या, परिवारको बिचल्ली

अवधेश झा

राजविराज — सप्तरीको राजविराज–१२ का हरदेव सदा गाउँ नजिकैको इँटाभट्टामा काम गरेर गुजारा चलाउँथे । मुसहर समुदायका उनका श्रीमती र ६ सन्तान छन् । अन्य दिनझैं यही फागुन १ मा पनि उनी काममा निस्कने तयारी गर्दै थिए । छोरी नजिकैको पसलमा धान बेचेर घरायसी सामान किन्न गइन् । 

गाली गरेको निहुँमा हत्या, परिवारको बिचल्ली

केहीबेरमा पसले रामकुमार सदा गालीगलौज गर्दै हरदेवका आँगनमा आइपुगे । ‘तिम्रो छोरीले मलाई गाली गरेको’ भन्दै रामकुमारले हरदेव र उनकी श्रीमती सञ्जादेवीलाई तथानाम भने । घुर बालेर परिवारसँगै बसिरहेका हरदेवलाई पछाडिबाट आएर रामकुमारले बाँसको भाटाले बेस्सरी हिर्काए । हरदेवका दाजु विनोद सदाका अनुसार पहिलो प्रहार हातमा र दोस्रो प्रहार टाउकोमा गरेपछि हरदेव त्यहीं छटपटाउन थाले । घाइते हरदेवलाई विराटनगरमा उपचारका लग्ने क्रममा मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार भाटा प्रहार गर्ने रामकुमार फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीका अनुसार हरदेवकी छोरी पसलमा पुग्दा रामकुमारले वास्ता गरेनन् । पटकपटकको आग्रह नमानेपछि रामकुमारलाई हप्काइन् । त्यही निहुँमा घटना भएको हो । पतिको मृत्युपछि शोकमा रहेकी सञ्जादेवीलाई ६ नाबालक सन्तानको पालनपोषण थपिएको छ । ‘इँटाभट्टामा काम गरेर पतिले कमाएको पैसाबाट परिवार चल्दथ्यो,’ सञ्जादेवीले भनिन्, ‘उहाँकै मृत्युपछि बेसहारा भएका छौं ।’

प्रकाशित : फाल्गुन १२, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?