चार जिल्लामा घुम्ती खोप

धनुषा — मधेस प्रदेशका चार जिल्लामा घुम्ती खोप सेवा सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप लिन केन्द्रसम्म पुग्न नसक्नेका लागि शुक्रबारदेखि घुम्ती खोप सेवा सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत रौतहट, सर्लाही, महोत्तरी र धनुषाका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त तथा रोगीलाई खोप दिइनेछ । 

चार जिल्लामा घुम्ती खोप

अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र वागमती सेवा समाजको साझेदारीमा सुरु भएको खोप सेवालाई मधेस सरकाका समाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरस्थित मन्त्रालय परिसरबाट शुक्रबार शुभारम्भ गरे । चारवटा भ्यानमा स्वास्थ्यकर्मीसहित खोपको बन्दोबस्ती मिलाइएको छ । लक्षित समुदायलाई उनीहरू बसेकै स्थानमा पुगेर खोप दिइने मन्त्री साहले बताए ।

‘खोपबाट वञ्चितहरूलाई लगाइदिने उद्देश्य हो,’ उनले भने, ‘खोप अभियानलाई थप प्रभावकारी बनाउन घुम्ती सेवाले मद्दत पुग्नेछ ।’ सरकारको नियमित खोप कार्यक्रमलाई कुनै प्रभाव नपारी जिल्लाहरूमा समन्वय गरी यो सेवा सञ्चालन गरिने वाग्मती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीले बताए ।

‘मधेस प्रदेशमा खोप केन्द्रमा जान नसक्नेका लागि भ्यानमै स्वास्थ्यकर्मीले घरमै पुगेर खोप लगाउने कार्यक्रम सुरु गरेका हौं,’ कार्कीले भने, ‘प्रदेशमा ३७ प्रतिशत नागरिक खोप केन्द्र जान नसक्ने सर्वेमा देखिएको छ । उनीहरूलाई नै लक्षित गरेर घुम्ती खोपको अवधारणा ल्याइएको हो,’ उनले भने ।

प्रकाशित : माघ २२, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?