कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमाको हेल्थ डेस्कमा कोरोना संक्रमितको संख्या घट्दै

शंकर आचार्य

पर्सा — देशकै मुख्य स्थल नाका वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको हेल्थ डेस्कमा कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या घटेको छ । डेस्ककी प्रमुख डा अनिशा महतोका अनुसार एक सातायता संक्रमण पुष्टि हुने क्रम ओरालो लागेको हो । 

सीमाको हेल्थ डेस्कमा कोरोना संक्रमितको संख्या घट्दै

शुक्रबार बिहान पहिलो चरणमा १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएन । बिहीबार ३ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा र बुधबार ३ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘२७ जनवरीदेखि डेस्कमा संक्रमितको संख्या १० भन्दा मुनि झरेको छ,’ डा महतो भन्छिन्, ‘२६ जनवरीसम्म पनि दैनिक ३ सयभन्दा बढीको एन्टिजेन परीक्षण गर्दा १६ देखि १७ जनासम्म पनि संक्रमित पुष्टि भइरहेका थिए ।’ उनले यसले भारत र नेपालमा एकै साथ कोरोना संक्रमण ओरालो लागेको संकेत गरेको बताइन् ।

पुस ८ गतेयता डेस्कमा संक्रमित फेला पर्न थालेका हुन् । त्यसअघिको करिब ६ महिनासम्म एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन । पुसको तेस्रो सातामा संक्रमण पुष्टि हुने क्रम बढेर दैनिक ३२ देखि ४० जनासम्म पनि पुगेको थियो ।

यता नारायणी अस्पतालमा बिहीबार ५० जनाको पीसीआर परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले जानकारी दिए । संक्रमितहरू २ देखि ७० वर्ष उमेर समूहका छन् ।

प्रकाशित : माघ २१, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?