रोकिराखेको बसमा आगजनी

लक्ष्मी साह

बारा — बाराको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको यात्रुवाहक बसमा शनिबार मध्यराति आगजनी गरिएको छ । ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । सोही ठाउँका बासिन्दा शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

रोकिराखेको बसमा आगजनी

शिक्षक चौधरीले बस खरिद गरी ग्रामीण भेगबाट वीरगन्जसम्म सञ्चालन गर्दै सर्वसाधारणलाई सुविधा दिँदैआएका थिए । कसले र किन आगजनी गरेको आफूलाई थाहा नभएको शिक्षक चौधरीले बताए ।

छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको स्थानीय एक शिक्षक श्रीराम साहले बताए ।

बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ । जिल्ला प्रहरीका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार घटना कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । आगजनी गर्ने व्यक्तिको खोजी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : माघ १६, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?