२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लागूऔषध कारोबारको आरोपमा भारतीय नागरिकसहित ४ जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले दुई फरक स्थानबाट लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत छन् ।

लागूऔषध कारोबारको आरोपमा भारतीय नागरिकसहित ४ जना पक्राउ

बिहीबार राति साढे ८ बजे बहुदरमाई नगरपालिका–९ विश्रामपुर मौजे घर भएका ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार पक्राउ परेका हुन् ।

कलवारको घरबाट गँजाको बिक्री वितरण भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको घर खानतलासी गर्दा पूर्वपट्टीको कोठाको खाटमुनि सुनियोजित तरिकाले लुकाई छिपाई राखिएको ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बिहीबार राति ९ बजेर ४० मिनेटमा विन्दवासिनी गाउँपालिका –४ अमरपट्टीबाट झौवा जाने बाटोबाट थप २ जना गाँजासहित पक्राउ परेका छन् । प्रहरी चौकी अमरपट्टीको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ शंकास्पद रूपमा पैदल जाँदै गरेका पर्सा सखुवाप्रसौनी गापा–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत बिहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दासलाई पक्राउ गरेको थियो ।

उनीहरूले बोकेको झोला जाँच गर्दा ७ किलो गाँजा फेला परेको थियो । पक्राउ परेका चारै जनालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : माघ १४, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?