कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किर्ते नियुक्ति दिएर ठगी गर्ने पक्राउ

सन्तोष सिंह

धनुषा — सडक डिभिजन जनकपुर प्रदेश–२ को लेटर प्याड तयार गरी नक्कली नियुक्तिपत्र दिएर ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सडक डिभिजन जनकपुरको प्राविधिक सुपरभाइजर पदको नियुक्ति पत्र,मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौतापत्र दिएर २ लाख रुपैयाँ ठगी गरेको आरोपमा धनुषा धनौजी गाउँपालिका–१ का २५ वर्षीय शहादत राईनलाई प्रहरीले पक्राउ गरेको छ ।

धनौजी गाउँपालिका–१ का १९ वर्षीय बब्लु पासमान, २० वर्षीय पारस कुमार पासवान र दीपेशकुमार पासमानलाई नियुक्तिपत्र दिएर २/२ लाख ठगी गरेको आरोपमा राइनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए ।

तीनै जनाबाट राइनले २ लाखको दरले ठगी गरेको संयुक्त रूपमा किर्ते, ठगी शीर्षकमा जाहेरी दरखास्त दिएपछि राइनलाई जनकपुरधाम उप–महानगरपालिका–२ कदम चोकबाट पक्राउ गरीएको रायले बताए । धनुषा जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा शीर्षकमा १० दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?