१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिका ४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेका छन् । 

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

बुधबार राति करिब ११ बजे ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल गरुडाबाट मलाही टोल जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते आलम र साहलाई तत्काल उपचारका लागि झाझपुलमा रहेको रौतहट ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : माघ १३, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?