राष्ट्रिय सभामा मधेस प्रदेशबाट माओवादीकी अर्याल विजयी
धनुषा — मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले स्थानीय तहबाट १५८ मत र प्रदेश तर्फ ६९ मत प्राप्त गरी ६१५६ मतभारत प्राप्त गरेकी छन् ।
महिला समूहबाट लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपा यादवले स्थानीयतर्फ ८१ र प्रदेशबाट २७ मत प्राप्त गरी २७५४ मतभार प्राप्त गरेकी छन् ।
एमालेकी उम्मेदवार बीना साहले स्थानीयतर्फ ९ र प्रदेशतर्फ ३ गरी कुल ३०६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको ।
प्रकाशित : माघ १२, २०७८ १८:५७प्रतिक्रिया