१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनमत पार्टीका कार्यकर्ताहरूद्वारा चिकित्सकमाथि पनि आक्रमण

सन्तोष सिंह

धनुषा — जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् । जलेश्वर अस्पतालका मेसु डा. सतिस साहमाथि बुधबार जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरूद्वारा चिकित्सकमाथि पनि आक्रमण

आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो ।

यसअघि उनीहरूले मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि तोडफोड गरेका थिए। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।

केही वर्षअघि नै खुला राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय बन्द र हड्ताल गर्दैआएको छ । साथै प्रदर्शनको क्रममा उक्त पार्टीका कार्यकर्ताले यसअघि पनि सवारीमा तोडफोड गरेका थिए ।

जनमत पार्टीका कार्यकर्ताद्वारा प्रदेश सांसदको गाडी तोडफोड

प्रकाशित : माघ १२, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?