१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन गएका जनमत कार्यकर्तालाई प्रहरीले रोक्यो

सन्तोष सिंह

धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले रोकेको छ ।  बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले रोकेको हो ।

मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन गएका जनमत कार्यकर्तालाई प्रहरीले रोक्यो

पूर्वघोषित किसान आन्दोलनअन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीले उपाध्यक्ष वसन्तकुमार कुशवाहाको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउने तयारी गरेको थियो । ज्ञापन पत्र बुझ्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री जहाँ देखिए त्यहीँ ज्ञापनपत्र बुझाउने जनमत पार्टीले जनाएको छ ।

ज्ञापनपत्रमा किसानका माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मल र बीउ उपलब्ध गराउनुपर्ने, उखु किसानको बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्ने, किसानमाथि दमन बन्द गरी झूटा मुद्दा खारेज गर्नुपर्नेलगायतका माग उल्लेख छन् ।

यसअघि जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । जनमतका कार्यकर्ता सडकमा बाँसका भाटा लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रदर्शनका क्रममा प्रदेश सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको गाडीमा समेत तोडफोड गरेका छन् ।


प्रकाशित : माघ १२, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?