१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कलैयामा युवा संघको प्रदर्शन 

लक्ष्मी साह

बारा — नेकपा (एमाले)को युवा संघ नेपालले कलैयामा तीनदिनयता सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ । भौतिक योजनामन्त्री रेणु यादवको बर्खास्ती र स्थानीय चुनावको मिति घोषणा गर्न माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

कलैयामा युवा संघको प्रदर्शन 

प्रदर्शनको क्रममा मंगलबार मसाल जुलुस निकालेको छ । मसाल जुलुस राक्न‍ प्रहरीसित घम्साघम्सी परेको छ ।

सहभागीले 'अराजक मन्त्री यादवलाई बर्खास्त गर', 'स्थानीय तह चुनाव घोषणा गर'लगायतका नारा लगाउँदै आएका छन् । केही दिनअघि रौतहटको गौरमा मन्त्री यादवले हिंसात्मक द्वन्द्व बढाउने अभिव्यक्ति दिएकी थिइन् ।

पाँच दलीय सत्ता गठबन्धन सरकारले स्थानीय चुनावको मिति घोषणा गर्न आलटाल गरिरहेकोले दबाबमूलक विरोध प्रदर्शन गरिएको युवा संघको केन्द्रीय सदस्य शशी दासले बताए ।


प्रकाशित : माघ ११, २०७८ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?