१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेहुला चढ्ने रथले किचेर २ जनाको मृत्यु, १६ घाइते

लक्ष्मी साह

बारा — बाराको आदर्शकोतवाल गाउँपालिका-३ मा विवाहमा वेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर सोमबार राति २ जनाको मृत्यु भएको छ । अरु १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका -७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम छिन् ।

प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ । आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयहरूका अनुसार उक्त रथमा बेहुला चढ्नुअघि नै दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीयहरूले घाइतेको उद्वार गरी अस्पताल पुर्‍याएका थिए । सोमबार राति नै प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रकाशित : माघ १०, २०७८ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?