मधेस प्रदेशमा लक्षित जनसङ्ख्याको ४४ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज- मधेस - कान्तिपुर समाचार

मधेस प्रदेशमा लक्षित जनसङ्ख्याको ४४ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज

११ हजारले लगाए बुस्टर डोज
रासस

काठमाडौँ — कोरोना भाइरसको तेस्रो लहर फैलिरहँदा मधेस प्रदेशमा हालसम्म लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् ।

मधेस प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले जनाएको छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका छन् ।

त्यसैगरी नेपाल सरकारले अग्रपङ्क्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेस प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएको जानकारी दिए ।

बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कुल जनसङ्ख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९.५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन् । प्रदेशमा कुल ६३ लाख ४३ हजार ९७० जना जनसङ्ख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् ।

प्रदेशमा कुल जनसङ्ख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ ।

लक्ष्यअनुसार भने मधेस प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०.४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । १२ वर्षदेखि १७ वर्षसम्मका भने ६७.२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् ।

पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जना छन् । त्यस्तै सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले खोप लगाएका छन् ।

प्रकाशित : माघ १०, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी नेता पुन स्वास्थ्योपचारपछि स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित माओवादीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।


करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी सोमबार नेता पुन स्वदेश फर्किएका हुन् । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन हिमालयन एयरलाइन्सको कार्गो विमानमार्फत् नेपाल फर्किएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

नेता पुनको साथमा उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी पनि साथमै छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेलेका पुनले चीनस्थित सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए ।

सेनजेनमा नेता पुनको ३९ दिन उपचार गरिएको थियो । त्यसअघि उनको थाइल्याण्डको बैंककमा ५९ दिन उपचार गरिएको थियो । थाइल्याण्डमा उपचारपछि उनलाई चीन लगिएको थियो । नेपालमा भने पुनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

चीनबाट उपचारकै क्रममा नेता पुनले माओवादी केन्द्रको ८ औं महाधिवेशनमा पदाधिकारीमा उठ्ने इच्छा राखेको भन्दै अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनको प्रक्रिया रोक्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित : माघ १०, २०७८ २०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×