१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

संसदीय समितिको सभापति चयन गरिँदै

धनुषा — मधेस प्रदेशसभाको संसदीय समितिका सभापति चयन गर्न प्रदेशसभाका सभामुख सरोज यादवले छलफल थालेका छन् । सभामुख यादवले शनिबार बोलाएको सर्वदलीय बैठकमा प्रदेशसभाको वार्षिक उत्सवपछि संसदीय समितिको सभापति निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।




सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिको निर्वाचन विषयमा छलफल भएको संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए ।

माघ २१ मा प्रदेशसभाको वार्षिकोत्सवपछि समिति सभापति निर्वाचनको मिति तोकिने यादवले बताए । मधेस प्रदेशमा सुरुदेखि नै सार्वजनिक लेखा समिति सभापतिविहीन छ । सभापति नहुँदा प्रदेशको महालेखा परीक्षण प्रतिवेदन र अन्य आर्थिक गतिविधिबारे छलफल हुन सकेको छैन ।


प्रकाशित : माघ १०, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?