गाँजासहित श्रीमान-श्रीमती पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । 

गाँजासहित श्रीमान-श्रीमती पक्राउ

हरिवन नगरपालिका-८ पुरानो बजारस्थित भित्री सडकमा ५ किलो गाँजासहित वाग्मती नगरपालिका-१२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमती ३० वर्षीया ऋचा अधिकारी पक्राउ परेका हुन् ।

बा ६८ प ४९७२ नम्बरको मोटरसाइकलमा कालो प्लास्टिकको झोलाभित्र गाँजा बोकी पश्चिमबाट पूर्वतर्फ ल्याइरहेको अवस्थामा अधिकारी दम्पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । ईलाका प्रहरी कार्यालयय हरिवनबाट नियमित गस्तीमा खटिने मोबाइल टोलीलाई राति शंका लागेको आधारमा मोटरसाइकल चेकजाँच गर्दा ऋचाको हातमा रहेको झोलाबाट गाँजा बरामद भएको हो ।

गाँजासहित पक्राउ परेका अधिकारी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा व्यावसायिक रुपमा गाँजा खेती भइरहेको छ । त्यहाँ उत्पादित गाँजाको प्रमुख बजार भारतीय सिमावर्ती जिल्ला हो ।

प्रकाशित : माघ ९, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?