कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महोत्तरीमा ९ स्वास्थ्यकर्मी संक्रमित 

सुनिता बराल

महोत्तरी — महोत्तरीमा ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । तेस्रो लहर सुरु भएसँगै हेल्थ डेक्स र खोप अभियानमा खटेका स्वास्थ्यकर्मी संक्रमित देखिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

संक्रमित हुनेमा ३ डाक्टर, ४ पारामेडिक्स र २ जना नर्स रहेका स्वास्थ्य कार्यालयल महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले जानकरी दिए । जिल्लाको जलेश्वर अस्पतालका ३ डाक्टर, जिल्लाको मुख्य सीमानाका भिट्टामोडमा खटिएका ४ र खोप अभियानमा खटिएका अन्य २ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको झाले बताए ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवामा प्रभाव परेको छ । बिरामीको चाप बढी हुने जलेश्वर अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवामै प्रभाव परेको अस्पतालका प्रमुख डा सतीश साहले बताए ।

पहिले १० जना स्वास्थ्यकर्मी खट्ने फाँटमा अहिले ३ जनाले काम चलाउन परेको उनले बताए । जलेश्वर अस्पतालमा दैनिक ४० जनाभन्दा बढीको पीसिआर जाँच हुने गरेकोमा ५० प्रतिशतभन्दा बढी रिपोर्ट पोजिटिभ आउने गरेको साहले बताए ।


प्रकाशित : माघ ८, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?