कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सर्लाहीमा टिपरको ठक्करबाट एकको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही–रौतहट जोड्ने वाग्मती नदीको पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा हरिवन नगरपालिका–५ का ३५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती नदीको पुलमा टिपरले दिएको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारका लागि रौतहटको चन्द्रपुरस्थित चन्द्रपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठक्करबाट बम्जनको टाउकोमा गहिरो चोट लागेको थियो ।

ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?