नेपाल-भारत सीमामा कोरोना पुष्टि हुनेको संख्यामा वृद्धि- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत सीमामा कोरोना पुष्टि हुनेको संख्यामा वृद्धि

शंकर आचार्य

पर्सा — वीरगन्ज नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण उच्च संख्यामा देखिन थालेको छ । बुधबार सीमास्थित हेल्थ डेस्कमा हालसम्मकै धेरै संक्रमित पुष्टि भएको डेस्ककी प्रमुख डा अनिशा महतोले जानकारी दिइन् । 

महतोका अनुसार बुधबार कूल ४ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा अधिकांश भारतीय नागरिक थिए । उनीहरूलाई भारत नै फर्काइएको छ । उनीहरू नेपालको वीरगन्ज, नारायघाट, काठमाडौं लगायतका सहरमा मजदुरी गर्न आउने श्रमिकहरू भएको महतोले जनाइन् ।

केही महिलाहरू भने भारतस्थित आफ्नो माइती गएर फर्किने वा नेपालस्थित आफन्तको घरमा पाहुना लाग्न आएकाहरू थिए ।

कोरोनाको तेस्रो लहर सुरु भएयता डेस्कमा पहिलो पटक एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा महतो बताउँछिन् । पुस ८ देखि दैनिक १/२ जना संक्रमित पुष्टि हुन थालेकोमा पुस २० देखि दैनिक १०/११ जना संक्रमित फेला पर्न थालेका थिए । डेस्कमा पुस महिनाभरिमा मात्र १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

माघ लागेपछि संक्रमितको संख्या बढ्न थालेको छ । बिहीबार पनि साँझ ४ बजेसम्म २ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण जारी रहेकाले संक्रमित थपिने सम्भावना रहेको उनले बताइन् ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या बढ्नुले कोरोनाको तेस्रो लहर उच्च बिन्दुतर्फ लाग्दै गरेको संकेत मिलेको डा महतो बताउँछिन् ।

प्रकाशित : माघ ६, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा १ हजार ६० संक्रमित थपिए

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० कोरोना संक्रमित थपिएका छन् । यो बुधबारको भन्दा १ सय ६९ बढी हो ।सामाजिक विकास मन्त्रालयको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार १ हजार ३ सय ९७ जनाको पीसीआर गर्दा ८ सय ४५ (६०.४९ प्रतिशत) र ५ सय ६७ को एन्टिजेन जाँच हुँदा २ सय १५ (३७.९२ प्रतिशत) संक्रमित देखिएका छन् । 


मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने पनि बढेका छन् । बिहीबार ४८ जना संक्रमणमुक्त भएका छन् । बुधबार भने २३ संक्रमणमुक्त भएका थिए । प्रदेशका विभिन्न अस्पतालको जेनेरल बेडमा ३, आईसीयूमा २६, भेन्टिलेटरमा ७ र एचडीयूमा ४६ गरी ८२ जनाको उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । होम आइसोलेसनमा संक्रमितको संख्या दिनहुँ बढ्दो छ । होम आइसोलेसनमा ४ हजार ४ सय ४० संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार सार्वजनिक पीसीआर रिपोर्टमा मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटाका १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा २/२, भोजपुर, खोटाङ, पाँचथर र ओखलढुंगामा १/११ एवं प्रदेश बाहिरका जिल्लाका ५० संक्रमित छन् ।

एन्टिजेन परीक्षणमा संक्रमित देखिएका २ सय १५ मध्ये ५६ मोरङका, ५३ झापाका, ४५ सुनसरीका, २७ इलामका, ९ भोजपुरका, ८ खोटाङका, ७ सोलुखुम्बुका, ६ संखुवासभाका र ४ ओखलढुंगाका छन् । सुनसरीमा ४५ जनाको एन्टिजेन परीक्षणमा ४५ जनै संक्रमित देखिएका छन् ।

बिहीबार मोरङमा १ महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण दर बढे पनि गम्भीर बिरामी भने कम छ ।

प्रकाशित : माघ ६, २०७८ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×