कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार, एक जना पक्राउ

भूषण यादव

वीरगन्ज — मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार, एक जना पक्राउ

प्रदेशसभाबाट सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍याली पावरहाउस चोकतर्फ जाने क्रममा राधेमाईस्थित मुख्यमन्त्रीको घरतर्फ मोडिएको थियो ।

र्‍यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार र्‍याली पावरहाउस जाने जानकारी गराइएको थियो । ‘पावर हाउसतर्फ जाने क्रममा अचानक र्‍यालीबाट केही युवाहरु राधेमाईतर्फ मोडिएका थिए,’ प्रहरी प्रवक्तासमेत रहेका खनालले भने, ‘भिडमा रहेका एक युवाले ढुंगा प्रहार गरेको पाइएको छ, ढुंगा प्रहारले दुईवटा सिसामा प्वाल परेका छन् ।’

सीसीटीभीमा ढुंगा प्रहार गर्ने युवकको पहिचान भइसकेको डिएसपी खनालले बताए । उनले भने, 'ढुंगा प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छौं ।'

प्रकाशित : माघ ४, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?