कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी  संक्रमित

पर्सा — सेवाग्राहीको अत्यधिक भीडभाड रहने गरेको जिल्ला प्रशासन कार्यालयका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित सीमामा रहेको हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोका अनुसार डेस्कका स्वास्थ्यकर्मीले आइतबार जिल्ला प्रशासन कार्यालयका ३० कर्मचारीको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी  संक्रमित

यसअघि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अंगरक्षक प्रहरी जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगन्ज महानगरपालिकाको कार्यालयका २ अधिकृत पनि आइतबार संक्रमित भएका थिए । स्वास्थ्यसम्बन्धी सतर्कता नअनाउँदा यसरी कर्मचारी संक्रमित भएको हुन सक्ने डा. महतो बताउँछिन् ।

महतोका अनुसार आइतबार दिनभरि डेस्कमा ३ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार दिउँसो १ बजेसम्म २ सय जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनले दिनदिनै स्थिति खराब हुँदै गएकाले अत्यधिक सावधानी अपनाउनु आवश्यक भएको बताइन् । ‘पछिल्ला नतिजाहरूले स्थिति खराब हुँदै गएको संकेत गरिरहेको छ,’ उनले भनिन्, ‘सावधानी र सतर्कता नै मुख्य अस्त्र हो ।’

डेस्कमा पुस महिनाभरिमा मात्र १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. महतोले बताइन् । ‘पुस ८ देखि दैनिक १/२ जना संक्रमित पुष्टि हुन थालेका हुन्,’ उनले भनिन्, ‘तर पुस २० देखि दैनिक १०/११ जना संक्रमित फेला पर्न थाले, पछिल्ला दिनमा यो क्रम झनै बढेको छ ।’

नारायणी अस्पतालमा पुस २९ गते ४७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २६ पर्साका हुन् । पुस ३० गते ६४ जनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भयो । तीमध्ये ३४ जना पर्साका हुन् ।

प्रकाशित : माघ ४, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?