२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

रासस

काठमाडौँ — अत्याधीक चिसो र हुस्सुका कारण सर्लाहीको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेको बताइएको छ ।

बादल, हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दा पनि प्रभावित बनेका छन् । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण नियमित सवारी आवागमनमा पनि समस्या भएको स्थानीयहरूले बताएका छन् ।

हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले सवारी साधनहरू बत्ती बालेर गुड्नुपरेको छ । यस्तै यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ ।

अत्याधीक चिसोका कारण विशेषगरी यहाँका वृद्ध, बालबालिका र विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा दिउँसै आगो बालेर ताप्न थालिएको छ ।

प्रकाशित : माघ ३, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?