कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेश २ को राजधानी जनकपुरधाम

जनकपुर — प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ । प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन् ।

प्रदेश २ को राजधानी जनकपुरधाम

मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ ।

सभामुख सरोज यादव नेतृत्वको संसदीय समितिले राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रस्ताव गरेको थियो।

राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरूले छुट्टै प्रस्तावको रुपमा वीरगन्जको नाम अघि सारेका थिए । राजधानीको मतदान प्रक्रिया टुंगिएपछि प्रदेशको नाममा मतदान हुने बताइएको छ । प्रदेशनको नामको रुपमा मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस प्रस्ताव गरिएको छ।

प्रदेशको नाम 'मधेस'मा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी(केन्द्र)को साझा प्रस्ताव छ। 'जानकी' नाममा भने एमाले र नेकपा(एस) तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव छ। यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम 'मध्य मधेस' भनेर छुट्टै प्रस्ताव गरेका छन् ।

करिब डेढ वर्षअघि प्रदेश सभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगन्ज भन्ने प्रस्तावमा मतदान हुँदा दुवै प्रस्तावलाई दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको थियो ।

प्रदेश २ को नाम र राजधानीमा दलीय अडान कायमै

प्रकाशित : माघ ३, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?