कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको ३० लाखसहित युवक पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रकमसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मटिहानी नगरपालिका बर्दाहा बस्ने २३ वर्षीय मोहमद सहाउदिन रहेको महोत्तरी प्रहरीले जनाएको छ । 

स्रोत नखुलेको ३० लाखसहित युवक पक्राउ

भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सहाउदिनले पिठ्युँमा बोकेको कालो झोलाबाट २८ लाख र उनको साथबाट २ लाख गरी ३० लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मटिहानी-८ स्थित प्रहरी चौकीबाट नियमित चेकजाँच गर्ने चेकप्वइन्टबाटै मोटरसाइकलसहित सहाउदिनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सहाउदिनको साथबाट प्रहरीले आइफोन-१२ प्रो म्याक्स एक थान पनि बरामद गरेको र उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको विष्टले जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?