कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘एप्रोच’ सडक नबन्दा पुल प्रयोगविहीन

शंकर आचार्य

पर्सा — पुल निर्माण भएको झन्डै साढे ४ वर्ष बित्दा पनि ठोरीस्थित ठुटे खोलामा एप्रोच सडक निर्माण हुन सकेको छैन । एप्रोच सडक नहुँदा वीरगन्ज–ठोरी हुलाकी सडक खण्ड भएर जाने सवारीसाधन अझै डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्य छ ।

‘एप्रोच’ सडक नबन्दा पुल प्रयोगविहीन

विवाद समाधान गर्ने प्रयास न त स्थानीय तह न त जिल्लास्तरकै जिम्मेवार निकायबाट भएको छ ।संघीय सरकारले पनि विवाद समाधानको पहल हालसम्म गरेको छैन । ठोरी–२ र ३ को सीमामा पर्ने पुलको पूर्वतर्फ ठुटे खोलाबाट अन्यायपूर्ण तरिकाले कुलो बनाएर भारतमा बढी पानी लगिएको छ । कुलोको समस्या समाधान नहुन्जेल एप्रोच सडक निर्माण तथा त्यसमा कल्भर्ट हालेर हालको कुलोलाई निरन्तरता नदिने अडान केही स्थानीय तथा जनप्रतिनिधिले लिँदै आएका छन् ।

सीमापारि भिखनाठोरीदेखि सहोदरासम्म भारतीय जनता तथा त्यहाँका जनप्रतिनिधिहरू भने हालकै अवस्थाको कुलोलाई निरन्तरता दिइनुपर्ने र कुलोलाई सहज रूपले बग्न दिन पुलको पूर्वतर्फ कल्भर्ट निर्माण गरिनुपर्ने माग राख्दै आएका छन् । भारतीय जनतालाई सीमामा क्याम्प खडा गरेर बसेको भारतीय सुरक्षा फौज एसएसबीले समेत साथ दिँदै आएको छ ।

पहिलो लकडाउनको समयमा ठेकेदार कम्पनीले एप्रोच सडक बनाउन खोज्दा भारतीय सुरक्षा फौज एसएसबीका जवान आएर त्यहाँ भइरहेको निर्माण कार्यमा अवरोध खडा गरेका थिए । ठोरी गाउँपालिका प्रमुख पीएल श्रेष्ठले हालसम्म सहमति नहुँदा ठुटे खोलाको पुलको एप्रोच सडक तत्काल बन्ने कुनै सम्भावना आफूले नदेखेको बताए ।

प्रकाशित : माघ ३, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?