बलात्कारपछि बालिका हत्या आरोपमा आमाछोरा पक्राउ- मधेस - कान्तिपुर समाचार

बलात्कारपछि बालिका हत्या आरोपमा आमाछोरा पक्राउ

लक्ष्मी साह

बारा — बाराको आदर्श कोतवाल गाउँपालिका- ७ कोतवालीकी बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोतवाल गाउँपालिका-८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानु छन् ।

शान्तिदेवीलाई दसी प्रमाण लुकाएको र सन्तोषमाथि बालिका बलात्कार गरी हत्या गरेको आरोप लागेकाले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मंसिर २५ मा गोठालो गएकी बालिका पानी खान सन्तोषको कुखुरा फर्ममा जाँदा बलात्कारपछि हत्या गरी जमुनी खोलामा फालेको आरोप उनीहरुमाथि लागेको छ । बालिकाको शव २७ गते प्रहरीले भेट्टाएको थियो । शव खोज्न प्रदेश प्रहरी कार्यालयबाट ल्याइएको तालिम प्राप्त कुकुरको सहारा लिइएको थियो ।

प्रकाशित : माघ २, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

कस्तुरीको बिनासहित एक पक्राउ

हरिहरसिंह राठौर

जाजरकोट — जिल्ला प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले डोल्पा जिल्लासँग सीमा जोडिएको नलगाड नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिँडिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका –११ चौखा बजारमा उनलाई शनिबार पक्राउ गरेको थियो।

पक्राउ परेका डिल्ली बहादुर ध्यारको शरीर खानतलासी गर्दा हल्का गिलो कालो रंगको डल्लोको टुप्पोमा खैरो सेतो कपाल (रौं) भएको छालासहित तौल गर्दा ३० ग्राम भएको वन्यजन्तु कस्तुरीको बिना बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको प्रहरीले जनाएको छ ।

राज्यले वन्यजन्तु संरक्षणतर्फ कुनै चासो नदिएपछि जाजरकोट, डोल्पा, जुम्ला लगायतका जिल्लाबाट लोपोन्मुख वन्यजन्तु कस्तुरी, भालु, रेडपाण्डा लगायत आखेटोपहारहरू चोरी सिकारी बढेको छ ।

प्रकाशित : माघ २, २०७८ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×