कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तालिमको विरोध गर्दै रेल्वे कम्पनीका कर्मचारीहरूको प्रदर्शन

जनकपुर — नेपाल रेल्वे कम्पनीले प्रक्रियाबिना नै कर्मचारीहरूलाई तालिम दिएको भन्दै आइतबार पनि विरोध भएको छ । गत बुधबारदेखि नै यहाँका ५५ कर्मचारीको तालिम जनकपुरको मत्स्य केन्द्रमा भइरहेको छ ।

तालिमको विरोध गर्दै रेल्वे कम्पनीका कर्मचारीहरूको प्रदर्शन

रेल्वे कम्पनीले कम्पनीका महाप्रबन्धक निरञ्जन झाको तोकादेशमा नियक्त गरेका ५५ जना कर्मचारीलाई तालिम दिँदैआएको हो ।निवर्तमान महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यसअघि तोकादेशको आधारमा नियुक्त गरेका झण्डै दुई सय कर्मचारीमध्ये ६० जनालाई भने भारतीय कोंकन रेल्वे कार्पोरेशनका प्राविधिकले गत वैशाखमा यस्तै तालिम दिएका थिए ।

उक्त तालिममा ८० लाख खर्च भएको रेल्वे श्रोतले जनाएको छ । नेपाल रेल्वे कम्पनीले ८० लाख खर्चेर तालिम दिएका कर्मचारीको हाजिर रोक्का गरी नयाँ कर्मचारी भर्ना गरिएपछि थप विवाद चर्किएको हो ।

यसबारे प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले पनि तालिमबारे आपत्ति जनाएका छन् । ‘कर्मचारीको नियुक्ति लोकसेवा आयोग मार्फत हुनु पर्ने हो । आवश्यक विधि र प्रक्रिया अनुसार हुनु पर्ने हो । एउटाले नियुक्त गरेकालाई अर्कोले यसरी नै हटाउँदै गयो भने रेल कसरी संचालन हुन्छ ?’ मन्त्री यादवले कान्तिपुरमार्फत् सोधेका छन् ।

यसअघि रेल्वेका विभिन्न पदका लागि लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको थियो । जसमा हजारौंले आवेदन दिएका थिए । पछि विज्ञापन रद्द गरियो तर आवेदकहरुले भुक्तानी गरेको राजस्वसमेत हालसम्म फिर्ता हुन सकेको छैन ।

तर गत वैशाखमा भारतीय कोंकन रेल्वे कार्पोरेशनका प्राविधिकहरुले दिएको तालिमवापत ८० लाख भुक्तानी गर्न उक्त कम्पनीले बारम्बार ताकेदा गर्दैआएको छ । यद्यपि महाप्रबन्धक निरञ्जन झाले भने तालिम वापतको रकम भुक्तानीबारे आफूलाई जानकारी नभएको सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

महाप्रबन्धक झाले भने आफू नेपाल रेल्वे कम्पनीको नियम कानुन तथा मन्त्री परिषदको निर्णय अनुसार कर्मचारी नियुक्ति गरेको दाबी गरेका छन् । सञ्चारकर्मीहरुसँगको भेटमा उनले भने 'रेल्वे सञ्चालनमा आउने कुनै तयारी नरहेका वेला कर्मचारी भर्ना गर्नु उचित थिएन । त्यसैले उनीहरूलाई बिदा गरेको थिएं । अहिले तत्कालै रेल संचालन गर्नु परेकोले भर्ना गरिएको हो ।’

प्रकाशित : माघ २, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?