१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साढे ११ हजार क्विन्टल धान खरिद

पर्सा — किसानले निरन्तर धान बिक्री गर्न ल्याएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगन्ज शाखा यस वर्षको धान खरिदको लक्ष्यनजिक पुगेको छ ।

साढे ११ हजार क्विन्टल धान खरिद

शुक्रबारसम्ममा शाखाले ११ हजार ७ सय क्विन्टल सोना मन्सुली धान खरिद गरिसकेको शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहले जानकारी दिए ।

शाखाले यस वर्ष १५ हजार क्विन्टल सोना मन्सुली खरिद गर्ने लक्ष्य राखेको थियो । ‘पर्सा, बारा र रौतहट जिल्लासम्मका किसानले उत्साहजनक रूपमा धान बिक्री गर्न ल्याए,’ उनले भने, ‘माघ १५ सम्म खरिद कोटाको लक्ष्य भेट्टाउने अनुमान थियो, माघको पहिलो सातामै भेटिने भएको छ ।’

खाद्यले प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँमा खरिद गर्दै आएको छ ।

प्रकाशित : माघ १, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?