कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किसानका माग पूरा गर्न भन्दै जनमत पार्टीको प्रदर्शन

अवधेशकुमार झा

राजविराज — सिके राउत नेतृत्वको जनमत पार्टीले किसानका माग पूरा गर्नुपर्ने माग राख्दै शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । बाढी तथा पहिरो पीडित किसानहरूलाई उचित राहत उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । प्रदर्शनको क्रममा राजविराजसहित विभिन्न गाउँबाट समेत किसानहरूको उपस्थिति रहेको थियो ।

किसानका माग पूरा गर्न भन्दै जनमत पार्टीको प्रदर्शन

जनमत पार्टीका नेता तथा कार्यकर्ताले यसअघि पनि पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । जसअनुसार उनीहरूले राजमार्ग नै अवरुद्ध पारेर प्रदर्शन गरेका थिए ।

सरकार र स्थानीय प्रसासनले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन जारी गरेको सूचना विपरीत जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । साथै शुक्रबारको प्रदर्शनमा सहभागी सयौं कार्यकर्ताहरू बिनामास्क उपस्थित भएका थिए ।

शुक्रबार मात्रै सप्तरीमा ३ जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्ज कोरोना संक्रमणको उच्च जोखिममा परेको भन्दै स्वास्थ्यकर्मीले सचेत रहन आग्रह गरेका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै प्रदर्शनका अगुवाहरूमाथि कानुन बमोजिम कारबाही चलाउउने बताएका छन् ।

जनमत पार्टीका सप्तरी सचिव थानेश्वर साहले भने किसानको समस्या बिकराल रहेकाले उक्त माग पूरा गराउन आफूहरू आन्दोलनमा रहेको बताए ।

प्रकाशित : पुस ३०, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?