कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उच्च अदालत जनकपुरका तीन न्यायाधीशसहित १० जनामा कोरोना

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित उच्च अदालत जनकपुरको राजविराजका दुई तथा सप्तरी जिल्ला अदालतका एक गरी तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालत जनकपुरका तीन न्यायाधीशसहित १० जनामा कोरोना

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । १४ जनाको परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केका अनुसार जिल्ला अदालतका एकजना न्यायाधीश र एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासका दुई जना न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ ।

यसका अतिरिक्त जिल्लाको खडग, तिरहुत र राजगढ गाउँपालिकाका एक-एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै राजविराज नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १० जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको जिल्लामा पहिलो हो । पछिल्लो १० जना संक्रमितसहित जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।

प्रकाशित : पुस ३०, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?