झगडापछि ई-रिक्सा चालकको हत्या, ३ पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झगडापछि ई-रिक्सा चालकको हत्या, ३ पक्राउ

भूषण यादब

वीरगन्ज — ८ दिन अगाडि मृत अवस्थामा फेला परेका एक भारतीय रिक्सा चालकको रिसइबी र आर्थिक प्रलोभनका कारण हत्या गरिएको पाइएको छ । भारत बिहार वैशाली जिल्लाको महुवा घर भई हाली वीरगन्ज महानगरपालिका ३ छपकैयामा बस्दै आएका ४५ वर्षीय इरिक्सा चालक मुख्तार मियाँको शव पुस २२ साँझ ५ बजे नहरमा बरामद भएको थियो ।

प्रहरीले मियाँको हत्यामा संलग्न तीनजनालाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार मियाँको हत्यामा ४ जनाको मुख्य संलग्नता देखिएको छ । ई-रिक्सा व्यवस्थापनमा दुईजना मतियारको रुपमा प्रयोग भएका छन् । एक जना भारतीय अझै फरार रहेको प्रहरीले जनाएको छ ।

घटना घटेको केही दिन अगाडि मियाँसँग एउटै घरमा भाडामा बस्ने सपन मण्डलसँग झगडा परेको थियो । बिहारको मुंगेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन वीरगन्जमा फल्स सिलिङको काम गर्छन् । ‘सपनले सुनिल कुमारसँग मिलेर मुख्तारको हत्या योजना बनाएका थिए,’ एसपी बस्नेतले भने, ‘त्यसका लागि ई-रिक्सा खरिद गर्नका लागि ५० हजार रुपैयाँ दिने भनि सुपारी दिएका थिए ।’ बिहार मोतिहारी निवासी सुनिल हाल वीरगन्जको छपकैयामा बस्दै आएका छन् । दोस्रो लकडाउन अगाडिसम्म उनी मुख्तार बस्ने घरमै भाडा लिएर बस्थे । तर, दुवैको श्रीमतीको बीचमा झगडा भएपछि अहिले छेउकै घरमा भाडामा बस्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । एसपी बस्नेतका अनुसार सुनिलले योजना बनाई एकजना भारतीय साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रिमा मिस्त्री काम गर्दा परिचय भएको निकेशलाई बोलाएका थिए । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सुनिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि थप अभियुक्त पक्राउ परेका थिए ।

‘पुस २१ को करिब पौने ५ बजेको समयमा सुनिलको भारतीय साथी र निकेसले मुख्तारलाई घटनास्थल लिएर पुगेका थिए,’ एसपी बस्नेतले भने, ‘नारायणी अस्पताल अगाडि श्रीमतीको ठेलापसल छेउमा ई-रिक्सा रोकी बसेका मुख्तारलाई दुबैलै बयोधा अस्पतालबाट डेलिभरि केस नारायणी अस्पताल ल्याउनु छ, ५ सय रुपैयाँ भाडा दिन्छौं भनी लगेका थिए ।’ पहिलेदेखि घटनास्थलमा रहेका सुनिलले निकेश र भारतीय साथीसँग मिली फलामको रेन्चले मुख्तारको टाउकोमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।

मृत्यु भएपछि नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए । सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई-रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ । गत पुस २५ मा मृतकको ई-रिस्का बाराको फेटा गाउँपालिका-४ स्थित पिलाहा सडकमा बरामद भएको थियो ।

प्रहरीले अभियुक्त सुनिलको अटो समेत बरामद गरेको छ । घटनामा प्रयोग भएको फलामको रेन्च, अभियुक्तहरुको मास्क, रगत लागेको सर्ट, रगत लागेको ज्याकेट, रगत लागेको स्पोर्टस जुत्ता बरामद भएको एसपी बस्नेतले जनाए । ‘अनुसन्धानमा हालसम्म खुले अनुसार मृतकसँगको झगडापश्चातको रिसइबी र आर्थिक प्रलोभनमा हत्या भएको देखिन्छ,’ एसपी बस्नेतले भने ।

प्रकाशित : पुस २९, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्

देश गुमाएको पीडा भुल्ने छैनौं : नारायण कट्टेल

'जहाँ पुगे पनि हामी भुटानी हौँ'
देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानको विदेश मन्त्रालयमा कार्यरत रहेकै बेलामा देशनिकालामा परेका साम्चीका नारायण कट्टेलले ‘सन् ९० को दशकमा दक्षिणी भुटानी नेपालीभाषीलाई किन आफ्नो थातथलोबाट हटाइादैछ भन्ने धेरै पछिसम्म धेरैले थाहा नपाएको’ बताएका छन् ।

सन् १९८० देखि एक दशकसम्म भुटानको विदेश मन्त्रालयअन्तर्गत सुरुमा कुवेत र पछि दिल्लीस्थित कूटनीतिक नियोगमा सहायक निर्देशकका रुपमा कार्यरत कट्टेललाई सन् १९९० मा थिम्पू फिर्ता बोलाउादै जागिर र देश दुवै छाड्नुपर्ने सर्त राखिएको थियो ।

देश छाडिसकेपछि मात्रै थाहा भएको कुरा के थियो भने भुटान सरकार देशमा रहेका ल्होत्साम्पा (नेपालीभाषी) लाई सम्पूर्ण रुपमा हटाउन चाहन्छ, एक भाषा–एक भेषको बहाना भए पनि सिक्किमदेखि तिब्बतसम्म उब्जिएको राजनीतिक संकटलाई देखाएर सरकारले नेपालीभाषीलाई जानाजानी हटाएको थियो,’ हाल अमेरिकाको पेन्सिलभेनिया राज्यमा राजनीतिक शरण लिएर बसिरहेका कट्टेलले कान्तिपुरसाग फोनमा भने ।

‘विदेश मन्त्रालयमा छादै दक्षिणी मूलका भुटानीमाथि हुन लागेको जातीय सफायाबारे मैले संकेत पाइसकेको थिएा, भुटानको नेसनल एसेम्बलीको ७० औं सेसन(१९९१ अक्टोबर)ले ल्होत्साम्पाको जातीय सफायामा प्रस्तावै पारित गरिसकेको थियो,’ कट्टेलले भने । त्यही एसेम्ब्लीको पारित प्रस्तावमा दक्षिण भुटानी सरकारी उच्चपदस्थ ल्होत्साम्पा भीम सुब्बा, आरबी बस्नेतसहितलाई राष्ट्रद्रोही भनेर उल्लेख गरिएको छ । एसेम्ब्लीका सभामुख पासाङ दोर्जीले १९९१अक्टोबर २४ मा पारित गरेको संसद प्रस्तावमा सुब्बा र बस्नेतले नेपालमा राजनीतिक शरण लिएको भन्दै ‘यस्ता सबै राज्यद्रोहीलाई शरण दिन’ नेपाल सरकारलाई आह्वानसमेत गरेका छन् ।

ल्होत्साम्पा लखेटिएर भारत हुँदै नेपाल आएर शरणार्थीका रूपमा बसोबास थालेपछि राष्ट्रसंघीय शरणार्थी आयोगसहित विदेशी दाताको बढ्दो उपस्थितिले भुटानले चाहेजति ल्होत्साम्पालाई निकाला गर्न नसकेको र नपाएको धारणा कट्टेलले सुनाए । ‘भुटानमा रहेबसेका ल्होत्साम्पाको पछिल्लो हालत पनि निकै दु:खद र अमानवीय रहेको छ भन्ने जानकारी आएको छ,’कट्टेलले भने, ‘कहिले जनगणनाको आधार र कहिले बसोबासको अरु आधार खोजेर ल्होत्साम्पालाई अनागरिक बनाउने काम जारी रहेछ ।’

त्यही बेलामा भारतको सम्पूर्ण भरथेग पाएर र अर्कातिर ह्याप्पी–इन्डेक्सको आत्मरति विश्वसामु फैलाएर भुटानले ल्होत्साम्पाको मानव अधिकार तथा शरणार्थीको मुद्दालाई ओझेलमा पारिएको उनले बताए । विशेषत: एउटा बौद्धमार्गी राष्ट्रको शान्तिपूर्ण र सघन अस्तित्व देखाएर तथा छिमेकका तिब्बत र सिक्किमको बौद्धधर्म पृष्ठभूमि नष्ट गरिएको आधार देखाएर पश्चिमा जगतको सहानुभूति साट्नमा भुटान सक्षम बनेको कट्टेलले सुनाए ।

‘शरणार्थीकै हैसियतमा भए पनि बाहिरी विश्वमा पुगेका एक लाखभन्दा बढी ल्होत्साम्पामध्ये धेरैजसो आज शैक्षिक र बौद्धिक रुपमा पनि जागरुक बन्दै गएका छन्,’ उनले भने, ‘आफ्नो गुमेको देश र माटोबारे हामी ल्होत्साम्पाको आउने पुस्ताले पनि आवाज चर्काइरहने स्थिति मैले देखेको छु,। यो आजका लागि ढाकेर वा छोपेर हराइहाल्ने मुद्दा होइन, यो जातीय नरसंहारको इतिहासलाई कहिल्यै भुल्न सकिने छैन ।’

लोकतन्त्रको दुहाइ र ह्यापी–इन्डेक्सको सूचांक भनेकै भुटानभित्रको मानवअधिकार, ३० वर्षदेखिका थुनिएका राजबन्दीको आवाज र जातीय सफायाको कालो दागलाई छोप्ने उपाय रहेको भन्दै कट्टेलले ‘फेरि मौका पाउनासाथ बााकी ल्होत्साम्पालाई देशनिकाला गर्न भुटानले मौका पर्खेर बसिरहेको’ धारणा कट्टेलले राखे ।

प्रकाशित : पुस २९, २०७८ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×