१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१० किलो चरेससहित एक जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले वीरगन्जबाट १० किलो लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका वडा नम्बर–९ बंकुल टोल बस्ने रामबाबु साह कलवारकी पत्नी ४२ वर्षीया रन्जु देवी छन् । 

१० किलो चरेससहित एक जना पक्राउ

उनलाई प्रहरीले बुधबार साँझ ७ बजे वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो । इनर्वा प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले नियमित जाँचका क्रममा नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा शंका लागि उनलाई रोकी खानतलाशी गर्दा उनको साथबाट उक्त परिमाणमा चरेस बरामद भएको थियो ।

चरेसको प्याकेट बनाई आफ्नो ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्काई राखेको र शरीरमा लगाएको ज्याकेटको दुवै तर्फको खल्तीमा लुकाई राखेको अवस्थामा उनको साथबाट चरेस बरामद भएको थियो ।

रन्जुलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : पुस २९, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?