कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिराहामा ब्राउन सुगरसहित तीन पक्राउ

भरत जर्घामगर

सिराहा — प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई सिराहाको पडरियाबाट बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका–१२ का २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई ५५ ग्राम ब्राउन सुगर र ११ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

लहान नगरपालिका–१२ स्थित पडरिया चौकमा शंका लागेर जाँच गर्दा ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?