कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीरगन्ज नाकामा एकै दिन भेटिए २२ कोरोना संक्रमित     

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकामा मंगलबार २२ जनामा कोरोना पुष्टि भएको छ । हेल्थ डेस्कमा मंगलबार अपराह्‍न ४ बजेसम्म ३ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको डेस्ककी प्रमुख डा अनिशा महतोले बताइन् ।

उनका अनुसार, २२ मध्ये ८ नेपाली हुन् । उनीहरुमध्ये ६ जना भारतको कोलकाताबाट फर्किएका हुन् ।

एन्टिजेन परीक्षण जारी रहेकाले संक्रमित थपिने सम्भावना रहेको महतोले बताइन् । उनका अनुसार पछिल्लो केही दिनयता सीमावर्ती भारतीय सहर रक्सौलका भारतीय नागरिक तथा रक्सौल पुगेर फर्कने नेपालीमा पनि कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ ।

प्रकाशित : पुस २७, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?