कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मधेसी समुदायमाथि अझै पनि विभेद् छ : उपेन्द्र यादव

अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि अझै पनि असमानता र विभेद् कायम रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ बनरझुलामा शनिबार एक स्कुलको शिलान्यास कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन् ।

मधेसी समुदायमाथि अझै पनि विभेद् छ : उपेन्द्र यादव

यस क्रममा अध्यक्ष यादवले सरकारी सेवामा मधेशी समुदायको उपस्थिति संकुचन गरिँदैगएको बताए । आरक्षणको कोटाअनुसार पनि सेवा सुविधामा मधेसीको उपस्थिति समस्या रहेको उनको भनाइ थियो ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि अझै संघर्ष आवश्यक रहेको नेता यादवको भनाइ थियो । यस्तै विकासले गति लिए पनि धेरै गर्नुपर्ने भएकाले तीव्रता लिन केही समय लाग्ने बताए ।

कृषिलाई आधुनिकीकरण नगरेसम्म गरिबी र बेरोजगारी अन्त्य हुन नसक्ने भन्दै अध्यक्ष यादवले विकास र अधिकार दुई विषय लिएर जसपा नेपाल अघि बढेको बताए ।

कर्यक्रममा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न लागेको भए पनि जनशक्ति र पूर्वाधारको अभावले समस्या भएकाले त्यसको निदानमा समेत लागिरहेको बताए ।

यस्तै सामाजिक विकासमन्त्री नवलकिशोर साहले शिक्षा क्षेत्रको विकास गर्न सकिए मात्र समग्र समाजको विकास हुन सक्ने भएकाले शैक्षिक उन्नतिमा प्रदेश सरकार दत्तचित्त भएर लागेको दाबी गरे ।

प्रकाशित : पुस २४, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?