आराेपितलाई पक्राउ गर्न माग राख्दै प्रदर्शन

लक्ष्मी साह

बारा — दुई पक्षबीच भएको झडपमा परी घाइतेको उपचारको क्रममा मृत्यु भएपछि आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र आफन्तले बाराको कलैया-वीरगन्ज सडककाे सिसहनीयामा प्रदर्शन गरेका छन् ।

आराेपितलाई पक्राउ गर्न माग राख्दै प्रदर्शन

गत कात्तिक २५ मा कलैया-२५ इनर्वामा दुई पक्षबीच भएकाे झडपमा परी घाइते भएका कलैया-१९ का १८ वर्षीय राधेश्याम पटेलकाे गएराति उपचारकाे क्रममा मृत्यु भएको थियो । प्रहरीले आराेपितलाई पक्राउ नगरेकाे विराेधमा पीडित र स्थानीयहरूले बिहीबार प्रदर्शन कलैया-वीरगन्ज सडककाे सिसहनीयामा यातायात अवरूद्ध गरेका हुन् ।

उक्त झडपमा राधेश्यामसहित ४ जना घाइते थिए । घाइते पक्षले प्रहरीमा ८ जनामाथि ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता गराएका थिए ।

पीडित परिवराको उजुरीपछि प्रहरीले कलैया -१९ पञ्चायनपुरका ३५ वर्षीय नाजिर हुसेनलाई पक्राउ गरेकाे थियाे । हुसेन पुर्पक्षकाे लागि अदालतकाे आदेशमा कारागारमा छन् । बाँकी सात जनामाथि मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ गरेकाे छैन ।

प्रहरी नायब उपरिक्षक राजेश थापाले घाइतेकाे मृत्यु पश्चात् मुद्दा कर्तव्य ज्यानमा परिणत हुने भन्दै आराेपितहरूलाई पक्राउ गरिने बताए । यातायात खुलाउन विराेधकर्तासित समन्वय भइरहेकाे र वैकल्पिक बाटाे प्रयाेग भइरहेकाे उनकाे भनाइ छ

प्रकाशित : पुस २२, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?