१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिरहाको मिर्चैयामा ट्रकमा आगजनी

भरत जर्घामगर

सिरहा — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया खण्डमा अज्ञात समूहले सोमबार बिहान ट्रकमा आगजनी गरेका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–६ बतहा पुल नजिक अज्ञात समूहद्वारा बिहान साढे ५ बजेतिर उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए ।

हालसम्म ट्रक चालक र कुनै व्यक्ति सम्पर्कमा नआएकोले कसले र किन आगजनी गरेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १९, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?