बाढी पीडित किसान धर्नामा

कमल पन्थी

बर्दिया — जनमत पार्टीको भातृ संगठन किसान जनमत संघले बुधबार गुलरिया नगरपालिकामा बाढी पीडित किसान परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै धर्ना दिएका छन् ।

बाढी पीडित किसान धर्नामा

यहाँ आएका किसानले गत मंसिर २ गते मन्त्रिपरिषदको निर्णयले क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएपनि अहिलेसम्म उपलब्ध नभएको भन्दै पालिकाको

मुख्यगेटमा नाराबाजी गरेका थिए । संघका अध्यक्ष बच्छराम चमारले किसानलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउनु पर्ने बताए । उनले आफ्ना माग प्रति व्यवस्था गरिए कडा संर्घषमा उत्रने चेतावनी पत्र पालिकालाई बुझाएको बताए ।

सरकारले १ देखि १० कट्ठा जग्गा भएका बाढी पीडित किसानलाई ६५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी ११ कट्ठादेखि ३ विघा खेत भएका किसानलाई ३० प्रतिशत र ३ विघामाथि २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ । गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादवले लगत लिने काम भइरहेको र कार्यविधि पूरा हुनासाथ क्षतिपूर्ति शिघ्र उपलब्ध गराउने बताए ।

प्रकाशित : पुस ७, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?