तीन दिनदेखि हराइरहेकी महिला मृत फेला

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी–३ की एक महिला हराएको ३ दिनपछि मृत भेटिएकी छन् ।

मटिहानी–३ बर्दाहा बस्ने फजेल राईनकी श्रीमती २२ वर्षीया रुक्साना खातुनलाई खोज्ने क्रममा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खातुन पुस २ गते साँझ ५ बजे घरबाट हराएको भनि परिवारले धिरापुर प्रहरी चौकीमा खोजिदिन आग्रह गरेका थिए ।

खातुनलाई खोजी गर्ने क्रममा सोमबार दिउँसो मटिहानी–३ कै सार्वजनिक पोखरीमा मृत फेला पारिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

खातुनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । खातुनको मृत्युको कारण खोज्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको डिएसपी विष्टले बताए ।

प्रकाशित : पुस ५, २०७८ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?