कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
गोलबजारमा तनाव

हत्याका दोषीलाई पक्राउ नगरेको भन्दै राजमार्ग अवरुद्ध

भरत जर्घामगर

सिरहा — छुरा प्रहारबाट हत्या भएको घटनाका मुख्य दोषीलाई पक्राउ नगरेको भन्दै आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार खण्ड अवरुद्ध पारेका छन् । स्थानीयले बिहानैदेखि राजमार्ग अवरोध गर्नुका साथै बजार बन्द गराएका छन् ।

हत्याका दोषीलाई पक्राउ नगरेको भन्दै राजमार्ग अवरुद्ध

स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता पूरा नगरेको भन्दै आफूहरु सडकमा उत्रिनु परेको पीडित पक्षले बताएका छन् ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन गोलबजारमै रोकिएका छन् । शनिबार बेलुका घर जाने क्रममा छुरा प्रहारबाट गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको मृत्यु भएको थियो । अर्का १९ वर्षीय निकेश सदाय घाइते भएका थिए ।


स्थानीयले गोलबजार क्षेत्रका राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुंगामुढा सडकमा तेर्साएर अवरुद्ध गरेका छन् । पीडित पक्षका अगुवा शिवशरण सदायले आरोपीलाई पक्राउ नगरेसम्म प्रदर्शन नरोकिने बताए । इलाका प्रहरी कार्यालय गोलबजारले घटनामा संलग्नहरुको पहिचान खुलिसकेको र घटनालगतै संलग्न फरार रहेकाले उनीहरुको खोजी कार्य भएको बताए ।


स्थानीय र प्रहरीबीच झडप

हत्याको विरोधमा उत्रिका गोलबजार नगरपालिका–६ का बासिन्दा र प्रहरीबीच राजमार्ग खुलाउने क्रममा झडप भएको थियो । राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा झडप भएको हो ।

प्रकाशित : पुस ५, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?